दफा ८५
बार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र देहायका कुराहरू खुलाई मन्त्रालय समक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेछ:-

(क) आफूले वर्षभरि सम्पादन गरेको कामको विवरण

र सोको लागि भएको खर्च,

(ख) बोर्डको आगामी वर्षको कार्ययोजना र त्यसको लागि

आवश्यक पर्ने अनुमानित बजेट तथा सोको स्रोत,

(ग) बोर्डको आम्दानी र खर्चको विवरण, र

(घ) तोकिए बमोजिमका अन्य विवरण ।